Comments Add Comment

कांग्रेसले भन्यो– सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।

बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

प्रेस खरिद अनियमितता पुष्टि भएकाले  यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन् ।

कांग्रेसका प्रवक्ता शर्माले बिहीबार दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने दोहोर्‍याए ।

‘सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ’ शर्माले भने ‘व्यक्तिगत रुपमा सञ्चारमन्त्रीसँग हाम्रो आग्रह वा माग छैन । यो प्रधानमन्त्रीय प्रद्धति हो, त्यसकारण भएको घटनाको अन्तिम विन्दु प्रधानमन्त्री हो ।

प्रवक्ता शर्माले यस घटनामा सञ्चारमन्त्रीबाहेक अरु को कसको संलग्नता रहेको थियो भन्ने विषयमा पनि खोजी हुनुपर्ने बताए । ‘त्यसका लागि बर्खास्त गरेर अनुसन्धान गरेर सहयोग गर्ने मात्र होइन, अनुसन्धान गर्ने निकायलाई प्रेरित गर्नु पनि प्रधानमन्त्रीको दायित्व हो ।’

उनले थपे ‘प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ चाहन्छौं । एक्सन चाहन्छौं ।’

सञ्चारमन्त्रीको अभिव्यक्ति निजात्मक हो वा संस्थागत संलग्नता हो त्यो विषयमा पनि खोजी हुनुपर्ने कांग्रेसले बताएको छ । ‘भ्रष्टाचारी मुख हेर्दिन भन्ने प्रधानमन्त्रीले आफ्नै क्याविनेटका मन्त्रीको यो प्रकरण सार्वजनिक भएपछि के गर्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

यो पनि पढ्नुहोस सेक्युरिटी प्रेस : जीटुजीका नाममा नीतिगत भ्रष्टाचार !
यो पनि पढ्नुहोस पत्रकार शिकारीजस्ता भए, जति ठोके पनि फरक पर्दैन : सञ्चारमन्त्री बास्कोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment