Comments Add Comment

बैंकका समस्या समाधान गर्न गठित समितिले पूर्णता पाएन

मौद्रिक नीति समीक्षामा ढिलाई

८ फागुन, काठमाडौं । बैंकमा देखिएका समस्याका विषयमा अध्ययन गर्न गठित कार्यदलले अध्ययन शुरु गर्न ढिलाई गरेको छ । गत सोमबार वाणिज्य बैंकका सीईओहरुसँगको छलफल पछि अर्थमन्त्री डा. युवराज खतिवडाले ३ सदस्यीय समिति गठन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

जसअनुसार संयोक अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य तोकिएका छन् भने वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकका एक जना प्रतिनिधि सदस्य तोकिएका छन् ।

समिति गठन गर्ने निर्णय भएको ३ दिन पुरा भइसक्दा पनि काम समितिले काम शुरु गर्न सकेको छैन । श्रोतका अनुसार राष्ट्र बैंकबाट तोक्नु पर्ने एक जना प्रतिनिधि समेत तोकेको छैन । सात दिनको समय पाएको कार्यदलले काम शुरु गर्न नसक्दा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेत यसले असर गरेको छ ।

फागुनको पहिलो साता नै हुने भनिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन अझै केहि दिन लाग्ने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आगामी सातासम्म मौद्रिक नीतिको समीक्षा गर्ने गरी काम भइरहेको जानकारी दिए ।

उनले अर्थले बनाएको कार्यदलले भने समीक्षमा असर नगर्ने बताए । ‘छलफल शुरु भइसकेको छ, सम्भवत अर्को सातासम्ममा समीक्षा आउछ’ प्रवक्ता भट्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment