८ फागुन, काठमाडौं । जर्मनीको दुई वटा हुक्का बारमा गोली प्रहारबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ । हेसेन प्रान्तको हनाउ शहरमा बुधबार राति अलग अलग बारमा आक्रमण हुँदा ११ जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएको दि गार्डियनले जनाएको छ ।
दुई वटा बारमा फरक फरक समयमा आक्रमण हुँदा नौ जनाको ज्यान गएको थियो । त्यस लगत्तै एक संधिग्नसहित दुई जनाको शव बरामद भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
हनाउ जर्मनीको चर्चित शहर फ्राङफर्टबाट २५ किलोमिटर पूर्वमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4