Comments Add Comment

दुई दिवसीय क्रिकेट : ओसिस एक इनिङ्स र १० रनले विजयी

काठमाडौं । ओसिस क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिग यू-१९ दुई दिवसीय क्रिकेट प्रतियोगितामा बालुवाटार क्रिकेट क्लबलाई १ इनिङ्स र १० रनले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार चाँडै सम्पन्न खेलमा ओसिसले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित हात पारेको हो । ओसिसको जितमा सचिन शर्मा र सुमित श्रेष्ठले अलराउण्ड प्रदर्शन गरे । दुवैले शतक प्रहार गरे । यस्तै बलिङमा सचिनले ५ र सुमितले ३ विकेट लिए ।

पहिलो इनिङ्समै ४४७ रन बनाएको ओसिसले बालुवाटारलाई दोस्रो इनिङ्समा १७२ रनमै अलआउट गर्‍यो । ओसिसले ३६४/६ बाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो ।

सचिन शर्मा ११७ र सुमित श्रेष्ठ ६८ ले खेल अगाडि बढाएको थियो । दोस्रो दिन ओसिसले १ विकेट थप गुमाउदै ७ ओभरमा ८३ रन थपेर इनिङ्स समाप्तीको घोषणा गरेको थियो । सचिन थप १ रन जोड्दै ११८ रनमा आउट भए । उनले १०४ बल खेल्द १९ चौका प्रहार गरे । यस्तै विष्फोटक ब्याटिङ गरेका सुमितले पनि शतक पूरा गरे । उनले ७७ बल खेल्दै १८ चौका मद्दतमा अविजित १०७ रन बनाए ।

सागर भण्डारीले पनि विष्फोटक ब्याटिङ गर्दै अविजत ३९ रन जोडे । उनले १५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।

बालुवाटारका लागि सुरेश बस्नेतले ३ विकेट लिए । पहिलो इनिङ्समा २६५ रन बनाएको बालुवाटारले दोस्रो इनिङ्समा भने दिनभर खेल्न सकेन । ओसिसले ४४७ रन बनाएर आफ्नो इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको बालुवाटार ४९ ओभर खेल्दै १७२ रनमा अलआउट भयो ।

बालुवाटारका लागि नविन तामाङले सर्वाधिक ६८ रन बनाए । यस्तै पुजन गुरुङले २३ रन बनाए । बालुवाटारलाई अलआउट गर्न ओसिसका लागि शतक समेत बनाएका सचिन शर्माले ५ विकेट लिए । सुमित श्रेष्ठले पनि ३ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटाले पहिलो इनिङ्समा ९ विकेट गुमाएर २६५ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङ्समा बालुवाटारका दिनेश बुढा मगरले १२८ रन बनाएका थिए ।

ओसिसका सचिन शर्मा खेलको म्यान अफ दि म्याच चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment