Comments Add Comment

का‌ंग्रेसमा पार्टी समिति समायोजन गर्न फागुन १५ सम्मको समय

७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अहिले राज्य संरचनाअनुसार पार्टी समितिलाई समायोजन गर्नमा केन्द्रीत छ । तर, आन्तरिक विवादका कारण संविधान जारी भएको चार बर्षसम्म पनि कांग्रेस पुरानै संरचनामा छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ३० वटा जिल्लाले मात्र समायोजन टुंग्याएको  छ । यी जिल्लाको जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ नगर र वडा कार्यसमिति बनिसकेको छ ।

समायोजन बाँकी रहेको जिल्लालाई फागुन १५ भित्र समायोजन सक्न आग्रह गरिएको शर्माले बताए ।

गत साउन १७ गतेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाका सांसद एवं कानुन व्यवसायी राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई कात्तिक मसान्तसम्ममा समायोजन गरिसक्ने जिम्मा दिएको थियो ।

बिहीबार केन्द्रीय कार्यलय सानेपा ललितपुरमा बसेको सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु, महान्त्रीहरुसहितको केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी फागुन १५ सम्म समायोजन सक्ने गरी नयाँ मिति तय गरेको हो ।

निर्वाचन समितिलाई क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, गाउँनगर समिति, वडाको नेृतृत्व र वडासमिति समेतको समायोजनमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार अन्‍य ३० वटा जिल्ला समायोजन टुंगो लगाउने अन्तिम चरणमा छन् । बाँकीका लागि फागुन १५ को समयले पुग्ने गरी नै नयाँ मिति तय गरेको उनले बिहीबारको बैठकमा बताएका थिए ।

बिहिबारको बैठकले फागुन १५ सम्ममा समायोजन सक्न सम्बन्धित स्थानीय तहलाई केन्द्रीय कार्यालयबाट सर्कुलर जारी गर्ने र समायोजन सकिएको जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय पनि गरेको छ ।

‘जुन जिल्लाहरुले समायोजको काम सम्पन गर्नुभएको छ । उहाँहरुको हकमा क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धित विषयमा सक्पर्क राख्न आग्रह गर्ने र केन्द्रीय कार्यलयबाट पनि यो विषयमा सम्पर्क गर्ने कार्य सुरु भएको छ’ पार्टीका प्रवक्ता शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment