Comments Add Comment

पर्यटन मन्त्रीले भेटे क्वारेनटाइनमा राखिएका नेवानिका कर्मचारी

८ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनबाट नेपाली विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याउने नेपाल एयरलाइन्सका कर्मचारीलाई भेटेका छन् ।

नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट, एयरहोस्टेस, इन्जिनियर र कर्मचारीलाई नगरकोटमा क्वारेन्टाइनमा राखिएको छ । मन्त्री भट्टराईले नगरकोटस्थित खानेपानीको अतिथि गृहमा भेटेका हुन् ।

मन्त्री भट्टराईले भनेका छन्, ‘कतिपय आनाकानी गरे, कतिले बाहना बनाए, अन्तिममा एउटा टीम तयार भयो, आज उहाहरुलाई भेट्दा चेहरामा देखिएको खुसी र मुस्कान प्रति गर्व गर्दछौं ।’

उनले खरिपाटीमा रहेका विद्यार्थीको अनुशासन, सम्भता र सरकारप्रति गरेको विश्वासका लागि समेत धन्यवाद दिएका छन् ।

चीनबाट १ सय ७५ जना विद्यार्थीलाई सरकारले नेपाल एयरलाइन्सको वाइडबडइी जहाज पठाएर उद्धार गरेको थियो । ती विद्यार्थीलाई गत आइतबार नेपाल ल्याइएको हो । चीनमा फैलिएको कोरोना भाइरसले २ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment