Comments Add Comment

७८ हजार नजिक पुग्यो सुनको भाउ

८ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको छ । बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो ।

यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ भने चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९१५ रुपैयाँ पुगेको छ । बिहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताएका छन् ।

अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले दैनिक २०/२२ किलोमा सिमित भएको महासंघले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा लगानीकर्ताहरुले लगानी सुरक्षित गर्न सुनमा लगानी गर्दा मूल्य बढेको सुन व्यवसायी धर्मसुन्दर बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment