+
+
Shares

खुट्टा कमाएर हिँड्नुपर्ने काम गरेको छैन : मन्त्री बास्कोटा

‘अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १२:४६

८ फागुन, कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको भनिएको अडियो रेकर्डबारे सत्य–तथ्य चाँडै बाहिर आउने बताएका छन् ।

बिहीबार कञ्चनपुरको बेलडाँडीमा नेकपाका कार्यकर्तालाई सम्बोधन गर्दै बास्कोटाले सो अडियोको पुष्टि हुनुपर्ने बताए ।

बास्कोटाले भने, ‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्ब खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्बबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला ।’

मन्त्री बास्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैंले पुष्टि गर्नुपर्ने बताए ।

उनले भने, ‘यदि मैले गरेको छु भने जवाफदेहिता मैले बोक्ने हो, पार्टीले बोक्दैन । कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र पाउनुपर्ने हो, मैले लिनुपर्छ ।’

मन्त्री बास्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरुसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गरे । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उनले भने ‘आरोप लगाएको छ भने अरु पनि कुरा होलान् नि । अरु केही चिज होलान् नि ।’

आफूसँग अरब र करोडका कुरा गर्नेहरु धेरै आएको भन्दै उनले त्यसको जवाफ दिने बताए । बास्कोटाले भने, ‘३० दिने कि साठी दिने कति दिने ? जोडेर अरबको पनि कुरा पनि आएको होला नि । जतिसुकै होस, १२ अर्बबाट घटेर करोडमा आएछ, के चिन्ता गर्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?