Comments Add Comment

कोरोना भाइरसविरुद्धका भ्याक्सिन केही महिनाभित्रै !

८ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् ।

प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) यस्तो भ्याक्सिन विकास हुन १८ महिना लाग्ने अनुमान गरेको थियो । यही टिमले कोरोना भाइरससँगै सम्वन्धि –मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ विरुद्धको खोपमा पनि काम गरिरहेको छ ।

जेन्नर इन्स्टिच्यूटको विज्ञप्तिमा प्रोफेसर गिलबर्टले भनेका छन्, ‘हामी यसलाई छिटोभन्दा छिटो सक्ने गरी काम गरिरहेका छौं ।’

विकास भइरहेको भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 रहेको उनले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण अहिलेसम्म चीनमा ७४ हजार जना मानिसहरुको फैलिएको छ भने २ हजार ६ जनाको मृत्यू भइसकेको छ । पछिल्लो समय भाइरसको संक्रमण घटिरहेको चीन सरकारले दावी गरे पनि अन्तर्राष्ट्रिय समुदायले पत्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment