Comments Add Comment

एमसीसीबारे परराष्ट्रमन्त्री भन्छन्– कार्यदलले अध्ययन मात्र गर्छ, सरकारको दृष्टिकोण प्रष्टै छ

नेपालका नदी भारत र बंगलादेशसँग जोडेर जलमार्ग बनाउने समझदारी

७ फागुन,काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको र नेकपाको कार्यदलले यसबारे अध्ययन गर्नेमात्र म्याण्डेट पाएको बताएका छन् ।

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको बताए ।

उनले भने ‘हाम्रो पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले हामीले बुझनौं,अन्यौल भयो भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनेको हो । हाम्रो म्याण्डेट पनि त्यतिनै हो । दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं ।’

नेकपा केन्द्रीय कमिटीबाट एमसीसी अध्ययन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य छन् । कार्यदलको बैठक बिहीबार बस्ने उनले जानकारी दिए । कार्यदलले परराष्ट्र मन्त्रालयसँग पनि कागजात मागेको छ ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले चीनमा फैलिएको कोरोना भाइरसको कारण नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित नहुने बताए । धेरै मुलुकबाट सहभागिताको सुनिश्चितता भइसकेको र कतिपयसँग सहभागिताको लागि कुराकानी भइरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले भने ‘चीनले कोरोनाविरुद्धको लडाइमा विस्तारै विजय प्राप्त गर्दै गएको छ । जुन उच्च दक्षताका साथ चीनले कोरोना नियन्त्रणका लागि काम गरेको छ यो साँच्चिकै सह्रानीय छ र हामी यो संकटको क्षणमा चीनसँग ऐक्यबद्धता जनाउछौं ।’

फागुन ५ देखि ७ गतेसम्मको औपचारिक भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच ब्यापार,पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री ज्ञवालीले बताए । बंगलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनको निमन्त्रणमा ज्ञवाली ढाका गएका थिए ।

द्विपक्षीय वार्ताका क्रममा जलविद्युत लायत उर्जाका स्रोतहरुको विकास तथा व्यापार गर्ने विषयमा सहमति भएको ज्ञवालीले बताए । त्यस्तै बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीसँगको वार्तामा बंगलादेशमा निर्यात प्रवर्द्धन र दुवै मुलुकबीच कनेक्टिभिटी वृद्धि गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिए ।

दुवै देशबीचको सम्पर्क सन्जाललाई अझ विस्तार गर्न दुवै देशका नजकि रहेका सहरहरुबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा रेलमार्गको सञ्जाल विस्तार गर्ने समझदारी भएको ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले नेपालका नदी भारत र बंगलादेशका नदीहरुसँग जोड्ने र जलमार्गको विकास गर्ने समझदारी भएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment