१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।
आयोगले बुधबार आईजीपी खापुङलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको छ ।
मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो ।
प्रहरी महानिरीक्षक खापुङको कार्यकाल आगामी साता सकिँदैछ ।
जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो ।
जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4