Comments Add Comment

७८ हजार नाघ्यो सुनको भाउ

९ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले यहाँको बजार प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको बज्राचार्यले उनले बताए ।

गत वर्ष फागुन महिनामा महासंघअन्र्तगतका व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको माहासंघले जनाएको छ ।

‘बिहेको सिजनमा आवश्यक पर्नेबाहेक रहरले सुनमा लगानी गर्न ग्राहकको आकर्षण देखिदैन्,’ माहासचिव बज्राचार्यले भने ।

कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा दखिन थालेपछि अन्तर्राष्ट्रिय लगानीकर्ता सुन जोहो गर्न लागेको व्यवसायीहरुको भनाइ छ । अचल सम्पतीको तुलनामा संसारभर मूल्य हुने सुनमा गरिने लगानी सुरक्षित हुने भएकाले विश्वमा ठूलो हलचलका बेला सुनमा लगानी बढ्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment