Comments Add Comment

२ लाख घुससहित खानेपानीका प्राविधिक पक्राउ

९ फागुन, काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय  सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसीलाई घुससहित पक्राउ गरेको हो ।

भेरीगंगा नगरपालिका-११ स्थित तल्लो बराह क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुलको भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुसलिइसकेको अवस्थामा उनी पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग घुस मागीरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले बिहीबार साँझ सोही नगरपालिकाको वडा नम्बर १० स्थित मदानीचौरको उन्नती टोलबाट केसीलाई पक्राउ गरेको उनले बताए ।

केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment