+
+

फूलैफूलले सजिएको पशुपतिनाथ

चन्द्रबहादुर आले/आर्यन धिमाल चन्द्रबहादुर आले/आर्यन धिमाल
२०७६ फागुन ९ गते १९:३५

९ फागुन, काठमाडौं । महाशिवरात्रीको दिन पशुपतिनाथ भन्नासाथ धेरैको मानपटलमा दर्शनार्थीको भीड र गाँजा तानेर धुँवा उडाइरहेका नागा बाबाहरुको दृश्य आउँछ ।

तर यो पटक पशुपतिको दृश्य फरक छ । फूलैफूलले सजिएको पशुपति लोभलाग्दो देखिएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलको बनाइएको छ, जसमा आकर्षक ढंगले ओमनम शिवाय देखिएको छ । शिवलिंगदेखि शिवको बहान साँढे समेत फूलैफूलले बनाइएको छ । मन्दिरको मूल गेटसमेत फूलले सजाइएको छ ।

आकर्षक तरिकाले सजाइएको फूललाई पृष्ठभूमिमा पारेर तस्वीर तथा सेल्फी खिच्नेहरुको भीड नै लागेको छ ।

पशुपति क्षेत्रलाई सजाइएका फूलहरु थाइल्याण्ड, अस्टेलिया तथा भारतको मुम्बईबाट ल्याइएको हो । र, यसमा झण्डै २ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

शिवरात्रीकै लागि भनेर भारतीय दर्शनार्थीहरुले आफ्नै खर्चमा फूल ल्याएर सजाइदिएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए । उनले भने, ‘यसबर्ष मन्दिर सजावटका लागि आएको २ करोडको फूल भारतबाट डोनेसनमा आएको हो । कोषले फूलका लागि एक रुपैयाँ पनि खर्च गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?