Comments Add Comment

आयोजक पर्सागढी पर्सा गोल्डकपको फाइनलमा

९ फागुन, वीरगञ्ज । वीरगञ्ज युथ एकेडेमीलाई हराउँदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा भएको खेलमा वीरगञ्जलाई २-१ ले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो ।

रोमाञ्चक खेलको २० औं मिनेटमा पर्सागढीका सुशान्त चौधरीले पहिलो गोल गरे ।

खेलको ४७ औं मिनेटमा पर्सागढीका सुरज घिमिरेको अर्को गोल थपेर टिमलाई २-० को अग्रता दिलाए ।

वीरगञ्जका तर्फबाट खेलको ५७ औं मिनेटमा आदित्य शाक्यले १ गोल गरे पनि जितका लागि पर्याप्‍त  भएन । पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा वीरगञ्ज पराजित हुन पुग्यो ।

खेलको म्यान अफ द म्याच पर्सागढीका प्रशान्त भुजेल भए । उनलाई आधारभुत विद्यालय वागवानामा प्रधानाध्यापक जोगेन्द्रप्रसाद चौधरी र स्थानीय युवा सुनील तिमल्सिनाले नगदसहित ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशकै लागि अर्को खेल शनिबार दिउँसो ३ बजे हेटौडा फुटबल एकेडेमी र नेपाल खेलकुद क्लब चपुरबीच हुनेछ ।

फागुन १४ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख र दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष यामबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment