Comments Add Comment

पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

९ फागुन, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटी नजिकै कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेकी छन् ।

शुक्रबार साढे ४ बजेको समयमा कालिमाटी नजिकैको सडकखण्डमा ग २ ख ७७६३ नम्बरको कार अनियन्त्रित भई सडकको पर्खालमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी प्रवक्ता एवं डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई जानकारी दिए ।

दुर्घटनामा परी तनहुँको बन्दीपुर घर भई हाल पोखरा महानगरपालिका १७ बस्ने २१ वर्षीया विना थापामगर, उनकी अन्दाजी ४ वर्षीय छोरा अनिष थापामगर र मृतक जमुनाकी डेढ वर्षकी छोरी घाइते भएको उनले बताए ।

घाइते आमा-छोराको विरौटास्थित नमस्ते अस्पताल र बालिकाको मणिपाल अस्पतालमा उपचार भइरहेको डीएसपी केसीले बताए ।

डीएसपी केसीले भने, ‘चालकले मादक पदार्थ सेवन गरेर कार चलाएका कारण दुर्घटना भएको देखिन्छ ।’

गुल्मीको सत्यावती गाउँपालिका १ घर भएका कारका चालक २८ वर्षीय शिव पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment