+
+
Shares

परराष्ट्रमन्त्री ज्ञवाली दुईदिन बार्सिलोनामा रहने, राजदूत शेर्पाले गरिन् स्वागत

बसन्त रानाभाट बसन्त रानाभाट
२०७६ फागुन १० गते २०:०९

१० फागुन, बार्सिलोना। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार बार्सिलोना आइपुगेका छन्। जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आएका मन्त्री ज्ञवालीले स्पेनको पनि  भम्रण गरेका हुन्।

नेपाली राजदूताबास स्थापनापछि नेपालको उच्चपदस्थ अधिकारी स्पेन आएको यो पहिलो पटक हो। तर परराष्ट्रमन्त्री ज्ञवालीको स्पेन सरकारका प्रतिनिधिहरुसँग त्यस्तो कुनै भेटबार्ता वा छलफलको कार्यतालिका भने छैन।

मन्त्री ज्ञवालीले राजधानी म्याड्रिड पुगेर नयाँ नेपाली दूताबासको अवलोकनसमेत गर्ने छैनन्। बरु मन्त्री ज्ञवालीको स्वागतका लागि म्याड्रिडदेखि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा बार्सिलोना आइपुगेकी थिइन्। स्पेनस्थित नेपाली दूताबासको गाडीसहित प्रथमसचिव हरिहरकान्त पौडेल पनि यतिबेला बार्सिलोनामा नै छन्।

 जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक सोमबारदेखि सुरु हुने हुँदा मन्त्री ज्ञवालीले २ दिनसम्म बार्सिलोनामा नै बिताउने भएका छन्।

एनआरएनसँग अन्तरक्रिया गर्दै 

परराष्ट्रमन्त्री ज्ञवालीसँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्ने भएको छ। उक्त कार्यक्रममा सहभागी बन्न  गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको पनि उपस्थिति रहेको छ। अन्तरक्रिया कार्यक्रममा स्पेन र नेपालको कूटनीतिक सम्बन्ध बिस्तार,एनआरएनए नागरिकता विद्येयक, भम्रण बर्ष २०२० लगायतका बिषयहरुमा  छलफल हुने संघका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) ले अनलाइनखबरलाई जानकारी दिए।

गुरुङले कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासाहरु राख्न स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य रहेका ज्ञवालीले पार्टीनिकट युरोपमा रहेका कार्यकर्ताहरुसँग पनि आईतबार बार्सिलोनामा भेटघाट तथा छलफल गर्ने भएका छन्।

स्पेनमा नयाँ नेपाली दूताबासको अवलोकन समेत नगर्ने तथा आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ताको पहल नगरी कार्यकर्ता भेटघाट र घुमफिरमा केन्द्रित हुनुलाई मन्त्री ज्ञवालीको स्पेन भम्रणलाई कतिपय नेपालीहरुले आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?