Comments Add Comment

ललिता निवास प्रकरणका ३४ प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

११ फागुन, काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादी मध्ये ३४ जनालाई उपस्थित हुन म्याद जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले कैद सजाय र जरिवाना माग दाबी गरिएका २४ जना र जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएका १० जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उप–रजिस्ट्रार इन्द्रकुमार खड्काले जानकारी दिए ।

विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकहरू पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुखहरू टिकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी र खरिदार जीवनाथ पोखरेल लगायतका नाममा म्याद जारी भएको उप–रजिस्ट्रार इन्द्रकुमार खड्काले बताए ।

यस्तै, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनी लगायतका प्रतिवादीहरूलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

ललिता निवासको १३६ रोपनी सरकारी÷सावर्जनक जग्गा हिनामिना गरेको भन्दै अदुअआले गत माघ २२ गते ११० जनालाई कैद सजाय र विगो माग तथा ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment