Comments Add Comment

गोकुल बास्कोटाको अडियो प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री बादल

११ फागुन , हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा विवादमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् ।

कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेको बताउँदै गृहमन्त्री थापाले सरकारले अनुसन्धान गरी कानुनी प्रकृयाबाटै यो विषयको टुङ्गो लगाउने बताए ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा आएका गृहमन्त्री थापाले यस विषयमा सरकारले नै छानबिन गरी समाधान गर्ने बताए ।

यस्तै गृहमन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे ।

एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा संसदबाट अनुमोदन हुने बताए ।

शनिबारबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पहिलो दिन प्रदेशभरीका प्रमुख जिल्ला अधिकारी, प्रदेशभरिका सुरक्षा निकायका प्रमुखलाई सरकारको सुरक्षा नीति र निर्देशनबारे जानकारी दिइएको थियो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको गोष्ठीमा गृहमन्त्री थापा, मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सरकारका गृहसचिव, गृहमन्त्रीका राजनीतिक सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्कीलगायत बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment