Comments Add Comment

प्रियंकाको कपि गर्दै जब आयुष्मानले दिए यस्तो पोज

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फागुणको १५ अर्थात बिहिबार बिहे गर्दैछन् । उनीहरुले आफ्नो बिहेलाई हरेक कोणबाट अविस्मरणिय बनाउने तयारी गरिरहेका छन् । तर, कतिपय क्रियाकलाप भने ट्रोलको शिकार पनि भैरहेका छन् ।

नायिका प्रियंका कार्की केही हप्ता अगाडि आफ्नो साथीहरुको साथमा ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् । एक हप्ता लामो पार्टीमा उनीहरुले खुबै मस्ती गरे । उनीहरुको वाइल्र्ड पार्टी चर्चामा रह्यो् ।

यतिबेला सामाजिक संजालमा केही तस्वीरले चर्चा पाइरहेको छ । तर, यी तस्वीर प्रियंका र उनका साथीहरुको होइन । बरु, नायक आयुष्मान देशराज जोशी र उनका साथीहरुको हो । जहाँ, उनीहरुले प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचाएका तस्वीरको नक्कल गरेका छन् ।

प्रियंकाको टिमले जस्तो पोजमा तस्वीर खिचाएको थियो, आयुष्मानको टिमले पनि यस्तै पोजमा तस्वीर खिचाएको छ । आयुष्मानसँग उनका भाई नायक आशिरमान देशराज जोशी पनि छन् ।

प्रियंका आफैले सार्वजनिक गरेको तस्वीर अहिले सामाजिक संजालमा ट्रोलको शिकारमा परेको छ । सायद, आलोचना नै सही, प्रियंका र आयुष्मान बिहेको हल्ला खुबै गराउन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment