+
+
Shares

माडीका वडाध्यक्ष अनसनमा, निकुञ्ज ऐन संशोधन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १२:३६

११ फागुन, चितवन । निकुञ्ज ऐन २०२९ लाई जनपक्षीय बनाउनुपर्ने माग गर्दै माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल आमरण अनसनमा बसेका छन् ।

विगत पाँच दिनदेखि अनसनमा बसेका वडाध्यक्ष पौडेलले निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला र अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तुको द्वन्द्व निवारण गर्नुपर्ने लगायतका ७ सुत्रीय माग राखेका छन् ।

पौडेलको अनसनलाई वडा सदस्य र स्थानीयबासीले समेत पालैपालो साथ दिँदै आएका छन् । अनसनरत पौडेलले माडी बहुउपेक्षित क्षेत्र भएकाले राज्यको ध्यानाकर्षण गराउन आमरण अनसन बसेको बताए ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीका समस्या समाधान नभएको भन्दै फागुन ७ गतेबाट आमरण अनसनमा बस्ने घोषणा गरे पनि उनी पछि हटेपछि वडाध्यक्ष पौडेलले अनसन थालेका हुन् ।

गत वर्ष माघ १६ गते अनसन बस्ने घोषणा गरेका मेयर ढकालले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट गरी माग सुनुवाइ हुने आश्वासन पाएपछि अनसन स्थगित गरेका थिए । मेयर ढकालले फेरि यही फागुन १२ गते प्रधानमन्त्रीलाई भेट्न जाने कार्यतालिका बनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?