+
+
Shares

प्रतितोला ८० हजार नाघ्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते ११:४८

१२ फागुन, काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् ।

सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनमा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ ।

मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?