Comments Add Comment

ओमानमाथि कतारको शानदार जित

काठमाडौं । एसिया कप टी-२० को रोडम्यापको रुपमा रहेको एसीसी वेस्टर्न रिजन टी-२० क्रिकेटमा कतारले ओमानमाथि शानदार जित हात पारेको छ । ओमानमै भइरहेको प्रतियोगितामा कतारले घरेलु टोलीलाई ३४ रनले पराजित गरेको हो ।

कतारले दिएको १७६ रनको लक्ष्य पछ्याएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो । ओपनर खावरल अलीले ३८ र सायद अमिर कलिमले ३२ रन बनाएपनि अन्य खेलाडीले २० रन कटाउन सकेनन् । कतारका लागि बलिङमा मुहम्मद अवाइस मल्लिक र मुहम्मद नदिमले ३-३ विकेट लिए । यस्तै तमुर सज्जादले ४ ओभमा २१ रन मात्र खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कतारले कमरान खानको अर्धशतक मद्धतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । खानले ४० बल खेल्दै ५ चौका र ३ छक्काको मद्धतमा ५४ रन बनाए । यस्तै अर्का ओपनर जहिरुद्दिन इब्राहिमले ३९ रन जोडे । उनले ३३ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटका लागि खान र इब्राहिमले ८२ रनको साझेदारी गरेका थिए । यस्तै इमाल मालिन्डुले २६ र तमुर सज्जादले अविजित २२ रन जोडे । ओमानका खावर अलीले २ विकेट लिए ।

लगातार दोस्रो जितपछि कतार समूह बी मा ४ अंकसहित शीर्ष स्थानमा छ । समान २ खेलबाट २ अंक रहेको ओमान दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment