Comments Add Comment

एमसीसीका केही प्रावधान स्वीकार्न सकिन्न : खनाल

१२ फागुन, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना (एमसीसी)का केही बुँदालाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले ती बुँदालाई स्वीकार गर्न नेकपा कार्यदलले सुझाव दिएको बताएका छन् ।

नेकपाले गठन गरेको एमसिसी अध्ययन गर्न कार्यदलका संयोजक खनालले नेकपा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा तत्कालीन सरकारले केही गम्भीर बुँदामा हस्ताक्षर गरेकाले सच्याउन सुझाव दिएको बताए ।

अमेरिकाले दिने ५० करोड डलरको अनुदानलाई नराम्रो भन्न नसकिने भए पनि त्यसका केही बुँदालाई स्वीकार गर्न नसकिने खनालको भनाइ थियो ।

‘एमसिसी सम्झौता ५ वर्षका लागि हो’, उनले भने, ‘१० वटा यस्ता बुँदा छन्, जो सदाका लागि भनेर लेखिएको छ, त्यो कुरालाई मान्न सकिँदैन । झुटा कुरा धेरै भनेर काम छैन, हामी प्रकाशित गर्छौं, तपाई पनि गहनतापूर्वक अध्ययन गर्नुस् ।’

सम्झौतामा एमसिसीलाई इन्डो प्यासिफिक रणनीतिको अंग हो नभनेको खनालको भनाइ छ । अमेरिकी नेताहरुले ठाउँ कु– ठाउँ इन्डो प्यासिफिकको अंग हो भनेकाले यसबारे अमेरिकाले प्रष्ट पार्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस विपक्षीलाई चल्लासँग तुलना गर्दै प्रधानमन्त्रीले भने : जनतामा भ्रम छरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment