Comments Add Comment

शान्ति समाजद्वारा स्थापित कर्मयोगी पुरस्कार पोखरेललाई

१३ फागुन, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पाउने भएका छन् ।

१ लाख १० हजार रुपैयाँ राशीको पुरस्कार आगामी १ चैतमा प्रदान गरिने मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए ।

२०६४ को संंविधानसभा निर्वाचनका बेला पोखरेल प्रमुख निर्वाचन आयुक्त थिए । सन् २००८ मा ब‌ंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा पोखरेललाई संयुक्त राष्ट्रसंघका महासचिवले उच्च स्तरीय प्यानलमा नियुक्त गरेका थिए ।

२०१५ मा पाेखरेल म्यानमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह–अध्यक्ष थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment