Comments Add Comment

‘साङ्लो’ले निकितालाई फाइदा कि घाटा ?

‘रानी महल’ चलचित्रको छायांकन नहुँदा नायिका निकिता चण्डकको डेब्यू चलचित्रको रुपमा ‘साङ्लो’ रहन पुग्यो । निकिता भने यो चलचित्र आफ्नो डेब्यू हुँदा आफू निकै खुशी रहेको प्रतिक्रिया दिन पछि परिनन् ।

चलचित्रको गीत, ट्रेलर सार्वजनिक हुँदा निकिताको हाइप ह्वात्तै बढेको थियो । चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन मात्र भएको थिएन, उनीबाट आशा पनि बढेको थियो । तर, के चलचित्र रिलिजपछि निकिताबाट चलचित्र क्षेत्रले गरेको आशा र अपेक्षा पुरा भयो त ।

चलचित्र ‘साङ्लो’ले सिंगल थिएटरमा बिदाको दिनमा राम्रो दर्शक तान्यो । तर, मल्टिप्लेक्समा भने चलचित्रको व्यापार सुखद बन्न सकेन । नायक विराज भट्टलाई सिंगल हलका दर्शकले बढी रुचाउँदा मल्टिप्लेक्समा उनका लागि दर्शक आएनन् । यसले, निकिताले पनि फराकिलो दर्शक बटुल्न पाइनन् ।

चलचित्र रिलिजपछि यसको एक्सनलाई बढी रुचाइयो । तर, कथावस्तुको चर्चा कम भयो । निकिताको कामको चर्चा पनि खासै भएन । यसले, निकिताले चलचित्र रिलिजपछि जुन खालको प्रतिक्रिया पाउने अपेक्षा गरेकी थिइन् त्यो पुरा भएन ।

निकितालाई अब अर्को चलचित्रमा बुलन्द अभिनय देखाउनुपर्ने चुनौती छ । चलचित्र ‘साङ्लो’ उनका लागि डेब्यू चलचित्र मात्र बन्न सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment