Comments Add Comment

इजिप्टका पूर्व राष्ट्रपति मुबारकको निधन

काठमाडौं । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मृत्यु भएको छ । तीन दशकसम्म इजिप्टमा शासन गरेका उनी सन् २०११ को विद्रोहसँग पदबाट हटेका थिए ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको हत्या गरेको अभियोगमा उनी दोषी समेत ठहर भए र २०१२ मा आजीवन काराबास सजाय सुनाइएको थियो । । तर २०१७ मार्चमा रिहा भए ।

उनको जनवरीमा शल्यक्रिया गरिएको थियो । आइतबार उनका छोराले उनी आईसीयूमा रहेको बताएका थिए ।

मंगलबार उनको निधन भएको छ । उनको निधनको इजिप्टको सरकारी सञ्चार माध्यमले पुष्टि गरेका छन् ।

१९२८ मा जम्मिएका मुबारक एयरफोर्समा थिए र १९७३ को अरब इजरायली युद्धमा भूमिका खेले । त्यसको एक दशकभन्दा पनि कम समयमै उनी राष्ट्रपति बने र इजरायल-प्यालेस्टाइन शान्ति प्रक्रियाका महत्वपूर्ण भूमिका निभाए ।

उनको समयमा लाखौं डलर सैन्य सहयोग पनि आएको थियो तर बेरोजगारी, गरिबी र भ्रष्टाचार बढ्यो । र, २०११ को जनवरीमा ट्युनिसियाामा जस्तै इजिप्टमा आन्दोलन सुरु भयो र त्यसको १८ औं दिनमा उनले पद छाड्नुपर्‍यो ।

त्यसको एक वर्षपछि नै मोहमम्द मोर्सीले राष्ट्रपतिको चुनाव जिते । तर उनलाई पनि जनरल अब्देल फतेह अल सिसी नेतृत्वको सैन्य विद्रोहले सत्ताबाट हटायो ।
सिसीले दुई पटक राष्ट्रपति चुनाव जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment