Comments Add Comment

न्युन रक्तचाप खतरनाक हुन्छ ?

सामन्यतय रक्तचाप ९०/६० वा त्यो भन्दा कम छ भने त्यसलाई न्युन रक्तचाप अर्थात लो ब्लड प्रेसरको समस्या छ । उच्च रक्तचापलाई जति गंभिर रुपमा लिइन्छ, न्युन रक्तचापलाई पनि उत्तिकै सामान्य रुपमा लिइन्छ । तर, न्युन रक्तचापमा पनि विशेष सर्तकता अपनाउनुपर्छ ।

किन हुन्छ ?

गर्भावस्थाको क्रममा कति महिलाको रक्त संचार प्रणाली तिब्र रुपले बढ्छ, जसले ब्लड प्रेशर लो हुन्छ । तर, प्रग्नेन्सीको बेला यो सामन्य हो । बच्चा जन्मिएपछि रक्तचाप सामन्य अवस्थामा आउँछ । यदि कुनै महिलाको रक्तचाप नियमित न्युन भयो भने चाहि परीक्षण गराउनु पर्छ ।

मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ । थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ ।  टपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ । शरीरमा भिटामिन बि-१२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।

उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ । यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।

लक्षण

–     थकान लाग्छ

–     कमजोरी महसुष हुन्छ

–     चक्कर आउँछ

–     दृष्टि धमिलो हुन्छ

–     छालामा पहेंलोपन देखिन्छ

–     शरीर चिसो हुन्छ

–     धेरै तिर्खा लाग्छ

–     छिटो छिटो सास बढ्छ

किन खतरनाक छ ?

–     यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ ।

–     गर्भावस्थामा रक्तचाप नियन्त्रण गरिएन भने गर्भको बच्चाको मृत्यु हुन सक्छ ।

–     मनोभ्रम, ब्रेन डिसअर्डर, मृगौला रोग आदि लाग्न सक्छ ।

–     चक्कर आएर जहाँपनि ढल्न सक्छ

–     रक्त संक्रमणको संभावना हुन्छ ।

के गर्ने ?

–     अक्सर चिकित्सकले नुन कम खाने सल्लाह दिन्छन् । तर, न्युन रक्तचापमा सोडियमको मात्रा केहि धेरै हुनुपर्छ ।

–     यदि नुन सेवन मन पर्दैन भने सोया सस सेवन गर्न सकिन्छ ।

–     भरपुर पानी पिउनुपर्छ ।

–     जब कसैलाई अचानक रक्तचाप न्युन हुन्छ, प्राथमिक उपचार थालिहाल्नुपर्छ । पींठको बलले बस्न लगाएर खुट्टाको तल सिरानी राख्नुपर्छ । यसले मस्तिष्कमा रक्तप्रवाह बढाइदिन्छ ।

–     मदिराजन्य पदार्थबाट टाढै रहनुपर्छ ।

–     धेरै समयसम्म उभिएर नबसौ ।

–     धेरै लामो समय बसेर अचानक उठ्नु पनि हुँदैन ।

–     कसरत, योगा, स्विमिङ, साइक्लिङ आदिले रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

–     खानामा कार्बोहाइड्रेडयुक्त पदार्थ जस्तो कि आलु, चाम, ब्रेड, पास्ताको मात्रा कम गर्ने ।

यसरी सुरक्षित रहने

–     धेरै भन्दा धेरै पानी पिउने, यसले डिहाइड्रेसन हुँदैन ।

–     धेरै तातो पानीले नुहाउन हुँदैन, यसले शरीरमा तापमान बढ्छ ।

–     पर्याप्त निन्दा लिनुपर्छ ।

–     नियमित र थोरै समयको अन्तरालमा थोरै थोरै खाना खाने ।

–     यदि डिप्रेसनको औषधी सेवन गरिरहेका छ भने उठ्नसाथ चक्कर आउनसक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

–     शारीरिक काम गरेर धेरै पसिना आएको छ भने कागती पानी सेवन गर्नुपर्छ ।

–     चिन्ताबाट टाढै रहनुपर्छ ।

घरेलु बिधी

-१०-१५ वटा किसमिसलाई रातभर पानीमा भिजाउने, बिहान एक एक किसमिश चपाएर खाने र पानी पिउने ।

–     ७ वटा बदाम रातभर भिजाउने । त्यसलाई पिसेर दुधसँग सेवन गर्ने ।

–     १० वटा तुलसीको पात पिसेर रस निकाल्ने । त्यसमा १ चिया चम्चा मह मिलाएर बिहान खाली पेटमा पिउने ।

–     हरेक दिन ब्ल्याक टि पिउने यसले रक्तचाप बढाउन सहयोग गर्छ ।

–     नुन र शख्खरको घोलले पनि लाभ गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment