
बलिउड नायिका तापसी पन्नु स्पष्ट रुपमा बोल्छिन् । मनका लागेका कुरा स्पष्ट रुपमा भन्ने यी नायिका महिला केन्द्रित चलचित्रमा बढी ध्यान दिइरहेकी छिन् । उनै, तापसी अभिनित चलचित्र ‘थप्पड’ रिलिजको क्रममा छ । तापसी अहिले चलचित्रको प्रचारमा व्यस्त छिन् ।
तापसीले यो चलचित्रबाट पनि अवार्ड पाउने अपेक्षा गरिएको छ । तर, अवार्डमा जे पनि हुन सक्छ भन्ने कुरामा तापसी पनि सजग छिन् । तापसीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘अवार्ड नपाउँदा एक पटक मात्र मेरो मन दुखेको थियो, त्यो पिंक रिलिजको समय थियो । म अवार्डको नोमिनेशनमा पनि परेकी थिइनँ । केही अवार्डमा नोमिनेशनमा पर्दा सबैले मलाई अवार्ड पाउँछ्यौ भनेका थिए । तर, मैले अवार्ड पाइनँ ।’
उनले भनिन्–‘बलिउडमा पाइला राख्दै गरेकी एक यूवतीको सपना धेरै हुन्छ र साना साना कुराले पनि घोच्छ । मलाई पिंकबाट अवार्ड नपाउँदा यस्तै भएको थियो । यसपछि भने मलाई कुनै पनि कुरामा दुःख लागेको छैन । अहिले जब म अवार्ड पाउँछु जुरी, समिक्षक र आफैलाई धन्यवाद भन्छु । तर, अवार्ड नपाउँदा मलाई दुःख लाग्दैन ।’
तापसीले आफूलाई दर्शकले आफ्नो अभिनयबाट नै चिनुन् भन्ने लागेको बताइन् ।
प्रतिक्रिया 4