+
+
Shares

शहीद पार्कमा रवीन्द्र अधिकारीको शालिक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १२:४८

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।

पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको छ । पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतल अनावरण गरेका हुन् ।

सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर रवीन्द्रको शालिक बनाएका हुन् ।

अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?