Comments Add Comment

चितवनमा सहकारीद्वारा २ करोड लगानीमा दूग्ध उद्योग सञ्चालन

१५ फागुन, चितवन । भरतपुर महानगरपालिका २२ पटिहानीमा २ करोडको लगानीमा श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उद्योग स्थापना गरेको छ । सहकारीले सरकारी अनुदान ८५ लाख र ७ सय जना शेयर सदस्यहरुको १ करोड १५ लाख लगानीबाट उक्त उद्योग स्थापना गरेको हो ।

उद्योगले चैत्र मसान्तभित्र गंगा ब्राण्डको दुध र दूग्धजन्य उत्पादनहरु बजारमा लैजाने सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । अद्योगले गंगा ब्राण्डको प्रशोधित दूध, दही, पनिर, ध्यू र दूग्धजन्य अन्य परिकारहरु उत्पादन गरी बिक्री गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । उनले आधुनिक उद्योगबाट उत्पादन भएका दूग्धजन्य परिकारहरु सुरक्षित प्रविधि अपनाई बिक्री वितरण गरिने बताए ।

सात सय सेयर सदस्यहरुबाट दैनिक ५ हजार लिटर दुध संकलन हुने गरेको उनले बताए । यस्तै सहकारीले आफैंले पनि ४० वटा नश्ल सुधार गरिएकादुहुनागाई-भैंसीबाट दैनिक दुई सय लिटर दूध संकलन गर्ने उनले बताए । सुरुमा एक हजार लिटर दुधबाट मात्रै दूग्धजन्य परिकारहरु उत्पादन गरिने र दुई महिनाभित्र यसलाई ३ हजार लिटर पुर्याइने उनले बताए । उद्योगसँग अहिले ५ हजार लिटर क्षमताको प्लान्ट मेसिन रहेको छ ।

अन्य प्रशोधित दूधभन्दा गंगा ब्राण्डको दुधमा गुणस्तर हुने उनले बताए । २०४९ सालमा स्थापना भएको सहकारीले गतआर्थिक वर्षमा १५ करोड ८० लाखको कारोबार गरेको थियो । चालु आर्थिक बर्षमा करिब २० करोडको कारोबार गर्ने लक्ष्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment