
१६ फागुन, वीरगञ्ज । जन्ती गएका जीराभवानी गाउँपालिका-१ का ४२ वर्षीय बोधा उराव धाँगड मृत भेटिएका छन् ।
पटेर्वासुगौली गाउँपालिका-३ टोल देकुलीबाट बिहीबार साँझ जन्ती गएका उनी पर्सागढी नगरपालिका-५ हरपुरमा शुक्रबार बिहान मृत भेटिएका हुन् ।
राति जोकर बनेर नाचेका उनी खाना खाएर सुतेका थिए । शुक्रबार बिहान जन्ती घर फर्किने क्रममा उठाउन जाँदा उनको मृत्यु भइसकेको स्थानीयलाई उदृध गर्दै प्रहरीले जानकारी दिएको छ ।
मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4