Comments Add Comment

यी हुन् विश्वका सर्वाधिक लोकप्रिय १० स्मार्टफोन

गत वर्ष सन् २०१९ मा विश्वमा स्मार्टफोनको बिक्रीमा गिरावट आयो । यद्यपि अहिलेपनि विश्वमा वर्षेनी करोडौँ थान मोबाइल फोनहरु बिक्री भइरहेका छन् ।

थरीथरी मूल्य र ब्राण्डका स्मार्टफोनहरु बजारमा रहेका छन् जसले उपभोक्तालाई पर्याप्त छनोटको अधिकार दिएको छ ।

गत वर्ष सन् २०१९ मा विश्व बजारमा बिक्री भएका स्मार्टफोनको संख्याका आधारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचि यस्तो छः

१. एप्पल आइफोन एक्स आर :

सन् २०१८ मा बजारमा आएको आइफोन एक्स आर एप्पलको सर्वाधिक लोकप्रिय प्रडक्टमध्ये एक हो । यो आइफोन सन् २०१९ मा विश्व स्मार्टफोन बजारको सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा रहेको छ । सन् २०१९ मा ४ करोड ६३ लाख गोटा आइफोन एक्स आर बिक्री भएको छ ।

२. एप्पल आइफोन ११

विश्वमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको दोश्रो स्थानमा एप्पलको आइफोन ११ रहेको छ । सेप्टेम्बरमा मात्र लञ्च भएको आइफोन ११ गत वर्ष ३ करोड ७३ लाख थान बिक्री भएको छ ।

३. सामसुङ ग्यालेक्सी ए १०

विश्वको सर्वाधिक लोकप्रिय स्मार्टफोनको तेश्रो स्थानमा सामसुङको ग्यालेक्सी ए १० स्मार्टफोन रहेको छ । गत वर्ष सामसुङले ३ करोड गोटा ए १० बिक्रि गर्न सफल भयो ।

४. सामसुङ ग्यालेक्सी ए ५०

लोकप्रिय स्मार्टफोनको चौथो स्थानमा सामसुङकै बजेट स्मार्टफोन ग्यालेक्सी ए ५० रहेको छ । गत वर्ष २ करोड ४२ लाख गोटा ग्यालेक्सी ए ५० बिक्रि भएको छ ।

५. सामसुङ ग्यालेक्सी ए २०

सामसुङका ए सिरिजका स्मार्टफोनले गत वर्ष स्मार्टफोन उपभोक्ताहरुको मन जित्न सफल भए । लोकप्रियताको पाँचौँ स्थानमा रहेको ए २० स्मार्टफोन गत वर्ष १ करोड ९२ लाख गोटा बिकेको छ ।

६. आइफोन ११ प्रो म्याक्स

एप्पलका महंगा आइफोन बिक्री हुँदैनन् भन्ने मान्यतालाई चुनौति दिन सफल आइफोन ११ प्रो म्याक्स गत वर्ष सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको छैटौं स्थानमा परेको छ । सन् २०१९ मा १ करोड ७६ लाख गोटा आइफोन ११ प्रो म्याक्स बिक्री भएका छन् ।

७. आइफोन ८

हुनत एप्पलको आइफोन ८ लञ्च भएको दुई वर्ष नाघिसकेको छ । तर आइफोन एटको लोकप्रियता घटेको छैन । सन् २०१९ मा १ करोड ७० लाख गोटा आइफोन एट बिक्री भए ।

८. साओमी रेडमी नोट सेभेन

एप्पल र सामसुङबाहेक विश्वको सर्वाधिक लोकप्रिय टपटेन स्मार्टफोनको सूचिमा पर्न सफल भएको एकमात्र स्मार्टफोन साओमीको रेडमी नोट सेभेन बनेको छ । गत वर्ष यो चिनिया फोन १ करोड ६४ लाख गोटा बिक्री भएको छ ।

९. एप्पल आइफोन ११ प्रो

सर्वाधिक बिक्री भएको स्मार्टफोनको नबौं स्थानमा आइफोन ११ प्रो रहेको छ । जुन १ करोड ५५ लाख गोटा बिकेको छ ।

१०. सामसुङ ग्यालेक्सी जे टू कोर

सन् २०१९ मा स्मार्टफोन बजारमा भएको बिक्रिका हिसाबले दशौं सर्वाधिक लोकप्रिय स्मार्टफोनको रुपमा सामसुङको ग्यालेक्सी जे टू कोर परेको छ । सामसुङको यो बजेट स्मार्टफोन १ करोड ५२ लाख गोटा बिकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment