Comments Add Comment

‘गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा रुवाबासी चलेछ’

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा पुगेर मनाए ।

स्थानीय तहले सार्वजनिक विदा दिएको थियो भने काठमाडौंदेखि हेलिकप्टरमा केक लगिएको थियो । प्रधानमन्त्री ओलीको बर्थडे केक नेपालको नक्सा आकारको थियो ।

तामझाका साथ राजसी ठाँटमा जन्म दिन मनाएको भन्दै प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिर पनि आलोचना भयो । कतिपयले नेपालको नक्सा आकारको केक काटेकोमा समेत आपत्ति जनाए ।

यसमा केही मौन बसेका प्रधानमन्त्री ओलीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोलेका छन् ।आफू पानी बिजुली, सडक र बैंकको शाखा समेत लिएर गएकोृ र जनताले धुमधामसँग खुसी मनाएको बताए ।

उनले भने, गाउँमा बिजुली गयो, बाटो शिलान्यास भयो, बैंक शाखा लिएर गएँ, मान्छेहरु खुसीयालीमा रमाए । यता पत्रकारहरु धुरुधुरु रुन थालेछन् । मेरो गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा त रुवाबासी चलेछ ।’

जन्मदिन बहसमा प्रधानमन्त्री ओलीको धारणा उनकै शब्दमाः

अस्ति म पाँचथर तेह्रथुमतिर गएँ । त्यहाँ आजसम्म खानेपानी समेत नभएको गाउँमा खानेपानीका धारा लिएर गएँ । मेरो जन्मदिन पनि परेको रहेछ । पानी बिजुली, सडक र बैंकको शाखा समेत लिएर गइयो । जनता धुमधामसँग खुसी भए ।

जनताले त्यहाँ भात पकाएर खाए र हामीलाई पनि खुवाए । खानपिनको बस्तोबस्द थियो । बिचरा पत्रकारहरु भातको हिसाब खोजेर बसेका छन् । तीनका घरमा तिनले खाएको भातको हिसाब कति होला ?

पुस्तौदेखि खानेपानीको समस्या झेलेर बसेका जनताको बारमो कहिल्यै समाचार बनेन । त्यहाँ हामीले घर घरमा खानेपानीका धारा लग्यौं, त्यो समाचार बनेन तर घरघरमा पानीको धारा झरेको खुसियालीमा दिदी बहिनीहरु नाचे, पत्रकारलाई चिन्ता त्यसमा भयो ।

गाउँमा बिजुली गयो, बाटो शिलान्यास भयो, बैंक शाखा लिएर गएँ, मान्छेहरु खुसीयालीमा रमाए । यता पत्रकारहरु धुरुधुरु रुन थालेछन् । मेरो गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा त रुवाबासी चलेछ ।

मेरो जन्मथलोमा धेरै वर्षपछि गएँ । आफ्नो गाउँमा जन्मिएको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाजागाजासहित मान्छे आए । म पुग्दा मान्छे खुसी भए, नाचे । त्यो दुर्गम ठाउँमा दशौं हजार मान्छेले उत्सव मनाए, पत्रकारहरु धुरुधुरु रोए ।

मेरो जन्मथलोमा धेरै वर्षपछि गएँ । आफ्नो गाउँमा जन्मिएको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाजागाजासहित मान्छे आए । म पुग्दा मान्छे खुसी भए, नाचे । त्यो दुर्गम ठाउँमा दशौं हजार मान्छेले उत्सव मनाए, पत्रकारहरु धुरुधुरु रोए ।

मान्छेहरु कसैले केक ल्याए, कसैले खादा ल्याए, कसैले के ल्याए, म त नेवारको ज्वाइ ऐला मात्र खान्छु भन्न भएन । मान्छेहरुले केक ल्याए, काटे खाए । केकमा मैले त हेर्दा पनि हेरिन । कतिवटा केक ल्याए, कतिवटा काटे मैले हेरिन । फलफलूका डाला ल्याए । अण्डा पनि एक डालो ल्याएका थिए । मैले छोइदिएँ, पठाइदिएँ ।

करुवामा रक्सी पनि ल्याएका थिए, त्यो पनि छोइदिएँ । रक्सीको कति मूल्य कति पर्‍यो त्यो त त बनाउनेलाई सोध्नुपर्‍यो नि मलाई कसरी थाहा हुन्छ ।

केकलाई कति पर्‍यो, किन्ने मान्छेलाई सोध्नुपर्‍यो नि । त्यहाँ बाटो लगेको, पानी, धारा बिजुली लगेकोमा जनता किन खुसी भए सोध्न जानुपर्‍यो नि ।

केकमा मनपरेको चिजको आकार आकृति बनाउँछन् । मेरो फोटो बनाएर केक बनाउँछन्, काट्छन् म त काटिएको छैन नि । झण्डा बनाउने, फोटो बनाउने तपाईहरुले युट्युबतिर हेर्नुभयो भने मोदीले फोटो बनाएको, ओबामाको पनि देख्नुभएको होला ।

यस्ता बेकारका कुराहरुमा अल्झिने, हामो संस्कृति पतन भयो भन्ने होइन । मैले केक लिएर गएको होइन । रुवाबासी गर्नु पर्दैन । जनताले कहाँकहाँबाट ल्याए, उनीहरुले ल्याए मैले छोइदिए काटेर खाए होलान् ।

जनताले केके ल्याए यस्ता कुरामा अल्झिरहनु पर्दैन । अरुको मामिला भएको भए सायद चर्चा हुने थिएन होला, मेरो भएकाले अलि बढि चर्चा भयो । अब उत्सव किन मनाएको भनेर त्यहाँका जनतलाई गाली गर्ने ?

अब अहिले कांग्रेस केक राष्ट्रवादी भएर निस्किएको छ । देशमा नाकाबन्दी लगाइदा बिरोध गर्न नसक्ने, नाकाबन्दी भन्ने शब्द समेत उच्चारण गर्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । कांग्रेसको बेकारको तमासा हो यो । केकमा राजनीतिक गर्ने अवस्थामा कांग्रेस पुगेको हो भने भन्नु केही छैन ।

संसदमा प्रधानमन्त्री खोई, प्रधानमन्त्रीले संसद छले भन्दैछन् रे । संसदमा बोल्न खोज्दा हुल्लडबाजी गरेर बोल्न नदिने अनि संसद छल्यो भन्ने ? दुई तिहाई बहुमतको नेतृत्वको गरेको दलको नेता हुँ ।

संसदले निर्वाचित गरेको प्रधामन्त्री हुँ । संसदबाट भाग्दिन । म कुनै समय गएर के के रहेछन् उनीहरुका कुरा सुनेर जवाफ दिउँला ।

यो पनि पढ्नुहोस बास्कोटाको बचाउ गर्दै प्रधानमन्त्रीले भने – सरकारलाई बद्नाम गर्ने प्रयास भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment