 
																			१४ फागुन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।
यो अफर यही बिहीबारदेखि लागु हुनेछ। अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसाप्रति मिनेट (कर सहित १ रुपैयाँ २६ पैसामा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने जनाइएको छ।
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ। अफरका लागि ग्राहकले एस्टिक्«स१७१०६ह्यास् डायल गर्नुपर्ने हुन्छ।
ग्राहकहरुले १ सयको रिचार्ज गर्दा ९९ पैसाप्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउने जनाइएको छ। त्यस्तै २ सय, ३ सय र ५ सय रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन्।
१ हजार रिचार्ज गर्नेले यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । एनसेलका अनुसार यो अफर ९० दिनसम्म रहनेछ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4