Comments Add Comment

मिस नेपालबाट किन खोसियो ‘मिस युनिभर्स’ ?

मिस नेपालमा ५ वटा उपाधिहरु थिए, मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेश्नल, मिस नेपाल युनिभर्स, मिस नेपाल अर्थ र मिस सुपरनेश्नल । तर, मिस नेपाल २०२० मा भने ४ वटा मात्रै उपाधि रहनेछन् । मिस नेपाल २०२० बाट मिस युनिभर्स खोसिएको छ ।

आखिर किन खोसियो मिस युनिभर्स ? यसको उत्तर मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका सम्बन्धित व्यक्तिहरुसँग पनि छैन् । उनीहरुले पनि किन खोसियो भन्ने प्रश्नको उत्तर पाएका छैनन् ।

मिस युनिभर्स फ्रेन्चाइज उपाधि हो । यस टाइटिल लिनको लागि मिस नेपाल आयोजक हिडन ट्रेजरले प्रतेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ । तर, यस वर्षको लागि भने नेपालले नविकरण गर्न पाएन ।

हिडन ट्रेजरका निर्देशक दीवाकर राजकर्णिकारले भने, ‘यस वर्ष हामीले नविकरण जानु पूर्व नै उहाँहरुले यस वर्ष नेपाललाई नदिने भनेर मेल गर्नुभयो । हामीले कारणबारे प्रश्न गर्दा केही पनि कारण देखाउनु भएको छैन ।’

यस वर्ष नभएको मिस युनिभर्स अर्को वर्ष पुनः हुन सक्ने आश्वासन निर्देशक राजकर्णिकर दिन्छन् । उनले थपे, ‘यस वर्ष उहाँहरुले अर्कै देशलाई दिन लाग्नुभएको रहेछ । आश गरौँ अर्को वर्ष हामीले पाउन सक्नेछौँ ।’ मिस युनिभर्समा नेपालको सहभागिता राम्रो हुदाँ हुदैँ उक्त उपाधि खोसिनु दुःख लाग्दो कुरा नै भएको उनले बोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment