Comments Add Comment

मुहिद्दीन यासिन बने मलेसियाका नयाँ प्रधानमन्त्री

क्वालालम्पुर । मुहिद्दीन यासिन मलेसियाको प्रधानमन्त्री नियुक्त भएका छन् । त्यहाँका राजाले पाकातन हर्पान गठबन्धनका उपाध्यक्ष यासिनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनले ९४ वर्षका महाथिर मोहम्मदको स्थान लिनेछन् ।

७२ वषर्ीय यासिन महाथिरकै बर्साटु पार्टीका अध्यक्ष पनि हुन् । महाथिरले राजीनामा दिएपछि त्यहाँका राजाले सांसदहरुसँग कुराकानी गरेका थिए र यासिनको पक्षमा बहुमत सांसदहरु देखिएकाले उनलाई सरकार बनाउने अवसर दिइएको दरबारले जनाएको छ ।

उनले आइतबार सपथ लिनेछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यासिनले राजाको छनोटलाई स्वीकार गर्न आग्रह गरे ।

उनको नियुक्तिको केही अघिसम्म महाथिर नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना देखिएको थियो किनकी उनको समर्थनमा पार्टीहरु देखिएका थिए । तर मलेसियाको कानूनअनुसार त्यहाँको राजाले प्रधानमन्त्री नियुक्त गर्नेछन्, जसमाथि उनले २२२ सदस्यीय सांसदहरुको बहुमत पाउने विश्वास गर्छन् ।

यदि ९ मार्चबाट सुरु हुने संसदमा मुहिद्दीन यासिनले आफ्ना बहुमत सिद्ध गर्न सकेनन् भने कुनै पनि सांसदले उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment