Comments Add Comment

अक्षरयात्री पौडेललाई प्रतिभा पुरस्कार

१८ फागुन, पोखरा । अक्षरयात्रा अभियानमा उत्साहजनक सहभागिता जनाउँदै साहित्यिक उन्नयन र विकासमा विशेष योगदान दिने अक्षरयात्रीलाई हंशपुरमा सम्मान गरिएको छ ।

प्रत्येक २ वर्षमा प्रदान गरिने ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ यसपटक अक्षरयात्री सञ्जीव पौडेललाई प्रदान गरिएको हो । पाँच हजार ५५५ रुपैयाँ, दोसल्लार सम्मानपत्रसहित कवि तीर्थ श्रेष्ठले पौडेललाई पुरस्कार हस्तान्तरण गरे ।

पौडेलले अक्षरयात्राको सुरुदेखि नैसहभागिता जनाउँदै अभियानमार्फत साहित्यलाई अझ फराकिलो बनाउने काम गरेका छन् ।

रुपा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा भएको अक्षरयात्रामा पौडेललाई पुरस्कृत गर्दै कवि श्रेष्ठले साहित्यमा समयचेत र नितरन्तरता सबैभन्दा ठूलो रहेको बताए ।

अक्षरयात्राजस्ता साहित्यिक अभियानहरुले प्रतिभालाई निखार्दै जाने र समाजलाई मार्गनिर्देश गर्दै जाने उनको भनाइ थियो । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले देशलाई सही दिशामा हिँडाउन साहित्यकारका सिर्जनाले घच्घच्याउने र मार्गनिर्देश गर्ने बताए ।

पुरस्कृत अक्षरयात्री सञ्जीव पौडेलले कास्कीको रुपा साहित्यको ऐतिहासिक भूमि भएको र त्यही भूमिमा आफू पुरस्कृत हुन पाएकोमा गर्वानुभूति गरे ।

उनले अक्षरयात्राले जीवन र जगतलाई नजिकबाट देख्न, बुझ्न र हेर्न सघाएको बताए । पुरस्कारलाई अझ बढी साहित्य लेखमा जिम्मेवार हुन प्रेरित गरेको उनको भनाइ थियो ।

अक्षरयात्रालाई ओझपूर्ण र यसको गरिमा बढाउनका निम्ति भन्दै साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटालाई पुरस्कारको परिकल्पना गरी अक्षयकोष खडा गरेका हुन् ।

अक्षयकोषलाई बढाउँदै पुरस्कारलाई ब्यवस्थित गर्न रकम वृद्धि गर्ने काम आयोजकले गर्दै आएको छ । अक्षयकोषमा रुपा गाउँपालिकाले २५ हजार, कवि तीर्थ श्रेष्ठले १५ हजार र विष्णु बास्तोलाले १० हजार रुपैयाँ थप गर्ने निर्णय गरिसकेको छ ।

अक्षरयात्रा प्रतिभा पुरस्कारबाट यसअघि प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामाछाने ‘सरु’, जीवनसागर भण्डारी र सुरज उपाध्याय पुरस्कृत भइसकेको सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment