Comments Add Comment

पृथ्वी गोलो छैन भन्ने प्रमाणित गर्न खोज्दा अन्तरीक्षयात्रीको ज्यान गयो

जो मान्छेले प्रकृतिको सत्यलाई इन्कार गरेर प्राकृतिक यथार्थको विरुद्धमा आफूलाई उभ्याउँदछ, त्यसको अन्त्य निश्चित छ । पृथ्वी गोलो छैन भन्ने सावित गर्ने ध्याउन्नमा एकजना अमेरिकी अन्तरिक्षयात्रीले ज्यान गुमाउनु परेको छ ।

पृथ्वी गोलो छैन भन्ने पुष्टि गर्न शनिबार आफैंले बनाएर रकेट चढेर ती व्यक्ति आकाशमा उडे । तर अफशोच, त्यो रकेट आकाशमै विस्फोट भएर चकनाचुर भयो । त्यसका टुक्राहरू मात्र जमिनमा झरे ।

ती अन्तरीक्षयात्रीको नाम माइक ह्युजेस हो । साइन्स च्यानलले आफ्नो ट्वीटर अकाउन्टमा उक्त दुर्घटनाको जानकारी दिएको छ ।

लिमोजिन कारका कीर्तिमानी चालकसमेत रहेका ह्युजेस जीवनमा अन्तरीक्षमा रकेट उडाउन चाहन्थे । उनको नाममा १ सय ३ मिटरको उचाइबाट लिमोजिन कारलाई जम्प गराएको विश्व कीर्तिमान छ ।

एउटा भिडियोमा रकेट आकाशमा उड्नेबित्तिकै प्यारासुट फुकेको देखिन्छ । बाफबाट उड्ने सो रकेट आकाशमा उडेको १० सेकेण्डमै विस्फोट हुन्छ र भुइँमा खस्दछ । मरूभूमिमा खसेको रकेटबाट अनौठो आवाज सुनिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार प्रक्षेपणका बेला नै रकेट तल्लो सतहमा ठोक्किँदा प्यारासुटमै प्वाल परेको थियो । सोही कारण त्यो दुर्घटनामा परेको हो ।

यद्यपि, ह्युजेस अन्तरीक्ष यात्रामा निस्किएको यो पहिलो पटक थिएन । सन् २०१८ मा उनले हावामा ५ सय ७० मिटर माथिसम्म यात्रा गरेका थिए । उनले आफ्नो रकेटमा दुईवटा प्यारासुटसमेत लगाएका थिए । तर अवतरणका बेला गडबडी आएका कारण त्यतिबेला पनि दुर्घटना भएको थियो र उनको गर्धनमा गम्भीर चोट लागेको थियो ।

दुई वर्षअघि दुर्घटनामा परे पनि पृथ्वी गोलो छैन भनेर प्रमाणित गर्नका लागि रकेट उडाएर परीक्षण गर्ने उनको अठोट मरेन । रकेटबाटै आफु बाह्य अन्तरीक्षको अन्तिम सतहसम्म जाने र पृथ्वी गोलो भए नभएको कुरा पत्ता लगाउने उनको चाहना थियो ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment