+
+

आफ्नै बिहे हेर्न मन छः रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १३:५९

नायिका रेखा थापालाई उनको परिवारले बिहेको बिषयमा दबाब दिन थालेको लामै समय भैसकेको छ । तर, नायिका थापाले भने बिहेको बिषयमा सोचेकी छैनन् । शुक्रबार नायिका प्रियंका कार्कीको बिहेमा सहभागी भएकी नायिका थापाले आफूलाई अब आफ्नै बिहे हेर्न मन लागेको बताएकी छिन् ।

तपाई कसको बिहेका लागि उत्साहित हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘मलाई त आफ्नै बिहे हेर्न मन छ । मेरो बिहेको कार्ड चाडै नै छापिन्छ ।’

उनले बिबाह भन्ने कुरा लेखान्त भएको खुलाइन् । भनिन्–‘मैले चाहेर वा कुनै व्यक्तिले चाहेर बिहे हुँदैन । यसका लागि जहिले लेखिएको छ, सोही समयमा नै बिहे हुन्छ ।’

निर्देशक रेनशा वान्तवा राइसँग पुगेकी रेखाले भनिन्–‘अहिले हामी दुइवटा चलचित्र बनाउनमा केन्द्रित छौ । म आफै पनि चलचित्र बनाउँदैछु, रेनशाले पनि ‘आई एम ट्वान्टी वान’ बनाउँदैछिन् । यी दुबै सकेपछि हामी बलियो कथामा चलचित्र लिएर आउनेछौ ।’

नायिका थापाले आफूले चलचित्र क्षेत्रमा आएसँगै धेरै मेकअप गरेको भन्दै अहिले मेकअप गर्न मन नलागेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?