Comments Add Comment

अदृश्य स्रोतबाट सञ्चालित मिडिया स्रोतकै सेवामा समर्पित : उपप्रधानमन्त्री पोखरेल

Photo Credit : अनलाइनखबर फाइल

१८ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अदृश्य स्रोतबाट सञ्चालन भएका मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी नभइ स्रोतकै सेवामा समर्पित भएको आरोप लगाएका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘कुनै जिम्मेजवारी छैन । वान म्यान मिडिया सञ्चालन गर्यो, त्यसपछि जे मन लाग्यो त्यहीँ लेख्यो । कहाँबाट स्रोतहरु प्राप्त हुन्छन् ? त्यो स्रोतको सेवामा समर्पित भयो ।’

उनले मिडियाको स्रोत पहिचानका लागि पनि पब्लिक अडिट हुनुपर्ने भन्दै वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्बाह गर्न आग्रह गरे ।

सत्ता परिर्वतन नभइ व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ ।

केही सञ्चारगृहले पनि राजनीतिक अस्थिरता चाहनेहरुको प्रतिनिधित्व गरे जसरी सरकारले दुई वर्ष पूरा गर्दे गर्दा ‘अब त अविश्वासको प्रस्ताव ल्याउन मिल्ने भयो’ भन्दै समाचार प्रकाशन गरेको टिप्पणीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment