Comments Add Comment

मेरुदण्ड पक्षघात भएकाहरुका लागि शहीदपार्कमा आवास बन्ने

१८ फागुन, काठमाडौं ।  जनआन्दोलनमा घाइते भएर वा अन्य कारणले मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका लागि तालिमकेन्द्र सहितको आवास निर्माण हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकास्थित शहीद पार्कमा निर्माण हुने आवासको आइतबार एक कर्यक्रमका बीच शिलान्यास गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्दलले संयुक्तरुपमा आवास भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाले उपलब्ध गराएको जग्गामा मेरुदण्ड पक्षघात समूहले स्रोत जुटाएर भवन निर्माण गर्ने भएको छ । मेयर चालिसेले भवन निर्माणका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

५ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको पाँच तल्ले भवनमा मेरुदण्ड पक्षघात भएका ५० जनाभन्दा बढी बस्न सक्नेछन् । यहाँभित्र उनीहरुलाई विभिन्न सीपमुलक तालिम दिने तथा विद्यार्थीहरुलाई अध्ययनको प्रबन्ध मिलाउने बताइएको छ । भवन निर्माण दुईदेखि ३ वर्षभित्र सक्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment