+
+
Shares

कोरी एण्डरसनले काठमाडौंबाट इपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते ११:४९

काठमाडौं । काठमाडौं किङ्ग्स इलाभेनले आसन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि कोरी एण्डरसनलाई भित्र्याएको छ ।

काठमाडौंले सोमबार विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डका २९ वर्षीय अलराउण्डरलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

उनले आईपीएलका साथै विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् । २०१४ मा उनले मात्र ३६ बलमा शतक बनाएर शाहीद अफ्रिदीको १७ वर्ष पुरानो रेकर्ड तोडेका थिए ।

२०१५ मा एबी डिभिलियर्सले ३१ बलमा शतक बनाएर उनको कीर्तिमान तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?