
१९ फागुन, काठमाडौं । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।
गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सांसद तामाङले बताए । गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4