Comments Add Comment

हृवावेले सुरक्षित तथा भरपर्दो मोबाइल एप्स इकोसिस्टक निर्माण गर्ने

१५ फागुन, काठमाडौं । फाइभजीको क्रमिक रुपमा भइरहेको बढ्दो प्रयोग भनेको बदलिँदो मोबाइलफोन अनुभवको उदाहरण हो । उपभोक्ताहरूले विभिन्न समयमा कैयौँ डिभाइसहरु प्रयोग गर्ने गर्छन् र सुदृढ तथा  इन्टरनेटबाट एकअर्कासँग कनेक्ट गर्न सकिने मोबाइलएपहरूले त्यो अनुभव  सम्भव बनाएका हुन् । यस्तो स्थितिमा हृवावेको विश्वास रहेको छ कि थप स्मार्ट एपहरूको माग बढ्नेछ र यो विशाल परिवर्तन प्राप्त गराउनका लागि अग्रभागमा रहन चाहान्छ ।

हृवावेको आधिकारिक एपवितरण प्लेटर्फम एपग्यालरीले प्रयोगकर्ताहरूलाई नयाँ विकल्प प्रदान गरिरहेको छ ।  विश्वव्यापी बजारमा तेस्रो एपका रूपमा रहेको हृवावे एप ग्यालरी अहिले विश्वका विभिन्न १ सय ७० देशमा उपलब्ध छ र मासिक ४० करोड सक्रिय प्रयोगकर्ताहरू रहेका छन् ।

विश्वव्यापी बजारमा तेस्रो एपको भिजन

“हाम्रो सिद्धान्तको मूलमन्त्रभनेको ‘गोपनीयता सधैँ तपाईँको नियन्त्रणमा हो’ हृवावे कन्ज्युमर बिजनेस ग्रुपकाप्रमुखकार्यकारी अधिकृत रिचर्ड यूले भन्छन्,’हामी गोपीयताको सुरक्षा तथा साईबर सुरक्षालाई हाम्रा सबै व्यवसायिक गतिविधिहरूको उच्च प्राथमिकता हो र सबै चरणहरू तथा उत्पादनहरूमा हामी कडा रूपमा यसलाई लागू गर्दछौँ । हृवावे एप ग्यालरीमा पनि हामीले गोपनीयता सम्बन्धी कडा प्रावधानहरू र साईबर सुरक्षा समाधानहरू रहेका छन् ।”

विश्वभर हृवावेका करौडौँ प्रयोगकर्ताहरू रहेका छन्, जुन इकोसिस्टमको विकासका लागि बलियो आधार पनि हो । एचएमएस कोरका साथमा हृवावे प्रयोगकर्ताहरूलाई सर्वोत्कृष्ट तथा नवीनतम एप्लिकेशन प्रयोगको अनुभव प्रदान गर्दछ ।

ब्रान्ड फाइनेन्सको २०२० वाषिर्क ग्लोबल ब्रान्ड भ्यालु र्‍याङ्किङमा १०औँ स्थानमा उक्लेको हृवावेका लागि यो असम्भव देखिदैँन । वास्तवमा भन्नुपर्दा हृवावेले इकोसिस्टम इन्जिनियरिङका लागि ३ हजारभन्दा बढी इन्जिनियरहरू परिचालन गरेको छ । हृवावेले विश्वभर रहेका डेभलपरहरूका लागिवान स्टप अपरेशनल सपोर्ट प्रदान गर्दछ साथै इनोभेसनलाई बढावा दिन साइनिङ स्टार जस्ता कार्यक्रमलाई आर्थिक सहायोग उपलब्ध गराउँदै आएको छ ।

एप डिभेलपरको पूर्ण नाम प्रमाणिकरण तथाएप सुरक्षाका लागि चार चरण रिभ्यू प्रक्रियासहितको हृवावे एपग्यालरी पूर्ण सुरक्षित रहेको छ । कुनै पनि नराम्रो कदमबाट जोगाउनका लागि  सबै एपहरूको प्रमाणिकरण सम्बन्धी कडा परीक्षण हुने गर्दछ । यसमा बालबालिकालाई मोबाइल फोन प्रयोगको सुरक्षित वातावरण दिन उमेर सम्बन्धी एज रेटिङ सिस्टम रहेको छ जसले उमेर समूहअनुसार अनुपयुक्त हुने एपहरू फिल्टर गर्दछ ।

एप ग्यालरीमा प्रयोगकर्ताहरूको संवदेनशील डाटा र गोपनीयता जोगाउन उच्चस्तरको प्रमाणीकरण राखिएको छ । पर्सनल्ली सेन्सेटिभ सूचना जस्तै बायोमेटि्रक डाटा हृवावेको डिभाइसभन्दा बाहिर प्रोसेस हुँदैन जसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत डाटामाथि पूर्ण नियन्त्रण दिन्छ ।  इएमयूआईले प्रयोगकर्ताहरूलाई एपयुजर पर्मिसनमाथि नियन्त्रण प्रदान गर्छ ।

हृवावेले टप एपहरूको छनोट गरी ग्लोबल तथालोकलाइज्ड (स्थानीय) एपहरू तथा प्रयोगकर्ताहरूको डिजटल जीवनशैलीको अभिन्न भाग बन्न सफल एपहरू बढाउन हृवावे एप ग्यालरी कार्यरत छ । हृवावे एपग्यालरी सेग्मेन्टहरू १८ वटा विधा जस्तै समाचार, सामाजिक संजाल, मनोरञ्जन तथा अन्य रहेका छन् । यदि प्रयोगकर्ताले आफूले चाहेको एप भेटाउन सकेनन् भने विशलिस्टमा हाल्न सक्छन् र त्यो एप राखिएको खण्डमा विशलिस्टमार्फत् सूचितगरिन्छ ।

हृवावेको पछिल्लो साझेदारीअन्तर्गत हृवावेले बेलायतको सबैभन्दा ठूलो संचार कम्पनी मध्येको एक न्यूजयूकेसँग साझेदारी गर्दै हृवावेका प्रयोगकर्ताहरूका लागि सबैभन्दा विश्वसनीय तथा अपडेटेड समाचार प्रस्तुत गर्ने गर्दछ ।

यो एउटा विशिष्ट अन डिभाइस केपेबिलिटी हो । यसको प्रमुख इनेब्लर हृवावे एचआई एआई हो । हृवावे एचआईएआई स्मार्ट डिभाइसहरू लक्षित एउटा खुला आर्टिभिसल इन्टेलिजन्स केपेबिलिटी हो, जसले विभिन्न डिभाइसहरूका सफ्टवेयर तथा हार्डवेयर रिसोर्सहरूलाई जोड्ने काम गर्दछ ।

क्वीक एप्स एउटा एपइकोसिस्टम हो जसमानयाँप्रकारको इन्सटोलेसन पि|mएपहरू हुन्छन् । यसले उत्कृष्ट अनुभवप्रदानगर्दै एचटीएमल पेजकाथोरै स्पेश प्रयोग गर्छ । प्रयोगकर्ताहरूले १ जीबी स्पेशसहितको  बीसवटा नेटिभ स्थानमा  २ हजार भन्दा क्वीक एपहरू राख्न सक्छन् ।

प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने क्वीक एपहरू डेस्कटपमा राख्न सक्छन् । क्वीक एप्स ३५ करोड भन्दा बढी प्रयोगकर्ताहरूले  प्रयोग गर्छन् । हालसम्म १७०० भन्दा बढी क्वीकएपहरू विश्वव्यापी सार्वजनिक गरिएको छ ।

हृवावेले एचएमएस इकोसिस्टम निर्माण गर्न प्रयासरत छ र हृवावे एपग्यालरीले हृवावे प्रयोगकर्ताहरूका लागि हृवावे एपग्यालरी अलसिन्यारियो स्मार्ट लाईफ अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment