Comments Add Comment

सेयर बजारमा ‘सर्किट ब्रेक’

१९ फागुन, काठमाडौं । सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । सेयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबारमा केहि समयका लागि ब्रेक लगाइएको हो ।

दोस्रो घण्टामा ५ प्रतिशतले घटेका कारण ४० मिनेटमात्रै कारोबार रोकिन्छ । १२ बजेर ४६ मिनेट जाँदा बजार ५ प्रतिशतले घटेकाे थियाे ।

यस अवधिसम्म नेप्से परिसूचक ७९ दशमलव ५७ अंकले ओरालो लागेर १ हजार ५ सय ११ दशमलव ७९ अंकमा झरेको छ ।

कारोबार रकम भने २ अर्ब नजिक पुगेको छ । १७ हजार ८ सय ६२ कारोबारबाट ४६ लाख २८ हजार १ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब ९८ करोड ७१ लाख ५ हजार ९ सय ३३ रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सको कारोबार भएको छ । ब्रेक लाग्ने बेलासम्म यस कम्पनीको १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment