Comments Add Comment

‘कोरोना रोकथामबारे संसदमा छलफल गरौं, साझा अभियान चलाऔं’

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना भाइरसबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका धेरै देशमा फैलिसकेको छ भने तीन हजार बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई पनि उच्च जोखिममा राखेको छ ।

सरकारले कोरोना भाइरस र यसको रोकथमको पूर्वतयारी गर्न उपप्रधानमन्त्रीस्तरीय समन्वय समिति बनाउनु सह्राहनीय भए पनि गर्नुपर्ने धेरै विषय बाँकी रहेको थापाले बताएका छन् ।

जनतालाई सही ढंगले सुसूचित गर्दै संक्रमणबाट जोगिन तयारी गर्नुका साथै देश बाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकहरुको चेकजाँचमा पनि क्षमता विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

पूर्वस्वास्थ्यमन्त्री थापाले सार्वजनिक महत्वको प्रस्तावमा भनेका छन्, ‘यो कुनै एउटा मन्त्रालय, एक तहको सरकार वा एउटा निकायको मात्र जिम्मेवारीको विषय होइन । व्यक्ति, समुदाय, सबै तहका सरकार, गैरसरकारी र साझेदार निकाय सबै एक ठाउँमा रहेर यो चुनौतीको सामना गर्नुपर्दछ ।’

सरकारको तयारीबारे जानकारी लिएर साझा अभियान र राष्ट्रिय संकल्पका साथ अगाडि बढ्नुपर्ने भन्दै उनले संसदमा तत्काल छलफल गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment