+
+
Shares

देउवाले मनोनित गरे थप ७ विभाग प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते १५:०८

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच देउवाले विभागीय प्रमुखहरु तोकेका हुन् । उनले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् ।

यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ ।

केन्द्रीय सदस्य मनोनित

यस्तै सभापति देउवाले विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका ८ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।

देउवाले जंगीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्य र मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेकप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लाई आमन्त्रीत केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

त्यस्तै सभापति देउवाले पार्टीका ३० जना अगुवा राजनीतिककर्मीलाई जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका छन् । जसको नाम यसप्रकार छ ।

१. ढुण्डीराज शास्त्री (अर्घाखाची)
२. सूर्यमान गुरुङ (ताप्लेजुङ)
३. पूर्णानन्द शर्मा (झापा)
४. तेजमान तुम्वाहाम्फे (तेह्रथुम)
५. छविकुमार शर्मा (दाङ्ग)
६. देवीध्वज बस्नेत (सोलुखुम्वु)
७. डिल्लीप्रसाद सिटौला (झापा)
८. हरिशंकर मिश्र (महोत्तरी)
९. राजेन्द्र खरेल (काभ्रे)
१०. खेमराज पौडेल (कास्की)
११. वावुराम पुरी (चितवन)
१२. सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
१३. देवेन्द्रप्रसाद उपाध्याय (चितवन)
१४. भरतप्रसाद उप्रेती (धादिङ्ग)
१५. तोपमान गुरुङ्ग (चितवन)
१६. रामचन्द्र सिं (महोत्तरी)
१७. कृष्णबहादुर जोशी (पर्वत)
१८. चन्द्रप्रसाद न्यौपाने (गोरखा)
१९. लाल हमाल (जुम्ला)
२०. तारापति सुवेदी (स्याङ्जा)
२१. लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग)
२२. तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग)
२३. सूर्यदत्त जोशी (रुपन्देही)
२४. भगवती सिंह (रुपन्देही)
२५. केदार ढकाल (झापा–मेचीनगर)
२६. अन्तराम भट्ट (कञ्चनपुर)
२७. मदन चन्द (कञ्चनपुर)
२८. केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु)
२९. प्रमेश न्यौपाने (झापा)
३०. अजितनारायण सिंह थापा (धनकुटा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?