+
+
Shares

कोरोनाको आशंकामा थप दुई जना आइसोलेसनमा भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते २१:१४

१८ फागुन, काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा आइतबार साँझ थप दुई जनालाई भर्ना गरिएको छ ।

योसँगै आइतबार भर्ना भएका बिरामीको सङख्या चार पुगेको छ ।

भर्ना हुने चारै जना नेपाली नागरिक हुन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला का अनुसार भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र तीन जना दक्षिण कोरियाबाट फर्केका हुन् । उनले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं।’

आइसोलेसनमा राखिएका चारै जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएको डा. बास्तोलाले बताए । उनले भने, ‘दुई जनाको नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौं, अरु दुई जनाको नमुना भोलि पठाउछौं ।’

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढि देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आवह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?