Comments Add Comment

सेयर बजारमा दोस्रो ‘सर्किट ब्रेक’, कारोबार आजलाई स्थगित

१९ फागुन, काठमाडौं । सेयर बजारमा सोमबार दोस्रो ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । सेयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार ओरालो लागेपछि ४० मिनेट रोकिएको  थियाे ।

नेगेटिभ सर्किट लागेर ४० मिनेट पछि खुला भएकाे काराेबार पुनः ६ प्रतिशतले घटेर दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

६ प्रतिशतले घटेर सर्किट लागेपछि साेमबारको सम्पूर्ण कारोबार स्थगन गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

१ बजेर २९ मिनेट जादा रोकिएको बजार ९६ अंकले ओरालो लागेको नेप्से परिसूचक १ हजार ४ सय ९५ दशमलव ३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

एनआइशी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् । एनआइशी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको सेयर किनबेच भएका छन् ।

बजारमा कारोबार हुने सबै उपसमूहहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै घट्नेमा बीमा र बैंकिङ उपसमूहहरु देखिएको छन् । निर्जिवन बीमा उपसमूह ७ दशमलव ४६ अंकले ओरालो लागेको छ भने जीवन बीमा उपसमूह ७ दशमलव ४५ अंकले घटेको छ ।

केहि दिन यता लगानीकर्ताको आकर्षणको केन्द्र बनेको बैंकिङ उपसमूह ६ दशमलव ७४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment